Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

सामाजिक विकास मन्त्रीको गाडीमा तोडफोड

 
काठमाण्डौको नयाँ बानेश्वरमा आज दिउँसो नेपाल तरुण दलको प्रदर्शनका क्रममा सामाजिक विकासमन्त्री दुलालको गाडी तोडफोड भएको हो । प्रदर्शनका क्रममा मन्त्री दुलालको बा २ झ ३७६३ नम्बरको गाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रदेश नम्बर २ र ४ का मन्त्रीहरुको गाडीमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । प्रदर्शनका क्रममा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह को बा १ झ ७२३४ नम्बरको गाडी र ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग १ झ २७६ नम्बरको गाडीको अगाडिको भागको सिसा फुटेको छ । सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन गएका उनीहरुको गाडि नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा राखिएको थियो ।
More

रेडियो परिवार

More

नयाँ भिडियो