Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

४ जनालाई मानव बेचविखनको मुद्धा

हेटौंडाकी एक महिलाको निबेदनको आधारमा प्रतिबादी काठमाण्डौ गोकर्णेश्वरकी डोल्मा लामालाई आइतबार पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो । बैदेशीक रोजगारीको लागि ईराक पठाई दिन्छु भन्दै भारतको दिल्ली पठाउँदै गरेको अवस्थामा सुनौली भन्सारमा सुरक्षा जाँचका क्रममा महिलालाई फर्काईएको थियो । पक्राउ परेकी लामालाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ बमोजिम  जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी कार्वाही प्रकृया अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा प्रहरीले आज थप ३ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीले हेटौंडा–१८ बस्ने बर्ष ४५ का ज्ञानु मोक्तान, सिन्धुपाल्चोक जिल्ला फुल्पिनडाडा ५ बस्ने बर्ष ४२ की मिरा तामाङ र काठमाण्डौ–६ कपन बस्ने बर्ष ३७ को रत्न लामालाई हिजो हेटौंडा–७ कमानेबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ बमोजिम जिल्ला अदालतबाट दिन ६ को म्याद अनुमति लिइ आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
 
More

रेडियो परिवार

More

नयाँ भिडियो