Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

लागू औषधसहित ४ पक्राउ

 वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको टोलीले हेटौंडा–४ कमलडाँडा स्थित सडकमा शंकास्पद रुपमा हिडिरहेका मोतिहारी थाना सुगौली ठकुराई टोल–१६ बस्ने २६ वर्षिय टुना अंसारी, २६ वर्षिय कृष्ण कुमार र जिल्ला गोरखपुर थाना सहजनवा केशवपुर–८ बस्ने २२ वर्षिय को इन्द्रेश मदेशियालाई ९६ बोतल कोरेक्स सहित पक्राउ गरेको हो । 
 
यसैगरी प्रहरीले विभिन्न लागु औषधसहित हेटौंडा–११ बाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय  मकवानपुरको संयुक्त प्रहरी टोलीले हेटौंडा ११ थानाभर्याङमा सुरक्षा जाँच गर्ने क्रममा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५३७२ नम्बरको बसमा सवार चितवन भरतपुर– ३ का ३६ वर्षिय सुदर्शन ढकाललाई पक्राउ गरेको छ । उनको साथबाट लागुऔषध नोरफिन १० एम्पुल ,डाईजेपाम १० एम्पुल, फेनार्गन १० एम्पुल र २ वटा सिरिन्जसहित पक्राउ गरेको हो ।
More

रेडियो परिवार

More

नयाँ भिडियो