Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

जिल्ला कृषि विकास कार्यालयमा वृक्षरोपण

 “फलफुल वर्ष २०७५” को निरन्तरताको लागि प्रदेश भित्रका सबै सरकारी कार्यालयको बाँझो जमिनमा वृक्षरोपण गर्ने कार्यक्रम हेटौंडाबाट सुरु भएको छ । ३ नम्बर प्रदेशमा रहेका सरकारी कार्यालयहरुको बाझो जमिनमा वृक्षारोपण गर्ने उद्देश्यले तत्कालिन जिल्ला कृषि विकास कार्यालय मकवानपुरको परिसर भित्र वृक्षरोपण गरिएको हो । मन्त्री लामाले श्रीखण्डको बिरुवा वृक्षरोपण गरी कार्यक्रमको सुरुवात गर्नुभएको छ । कार्यक्रममा तत्कालिन जिल्ला कृषि विकास कार्यालय मकवानपुरको कार्यालय परिसरमा रहेको करिब १ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । कार्यक्रममा श्रीखण्ड १५ बोट, अमला ४० बोट, बर्रो १५ बोट र लिचि १५ बोट वृक्षरोपण गरिएको हो । चालु आर्थिक वर्षमा सरकारी कार्यालयको खाली जमिनबाट सुरु भएको फलफुल वर्ष कार्यक्रममा साढे २ लाख फलफुलको बिरुवा वृक्षरोपण गर्ने कार्यक्रम रहेको मन्त्रालयका उपसचिव निर्मल गदालले जानकारी दिनुभयो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो