Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

राहदानीबाट ३ करोड रुपैयाँ राजश्व संकलन

आर्थिक वर्ष २०७४/०७५ मा मकवानपुरमा २ करोड ९६ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा गत आव २०७४/०७५ मा मात्र ४ हजार ९ सय ९७ जनाले राहदानी बनाएको कार्यालयका कम्प्युटर अपरेटर अमित कुमार कर्णले जानकारी दिनुभयो । राहदानीको साधारण सिफारिसमा ५ हजार ८ सय ७ निवेदन दिएका थिए भने दु्रत तर्फ ४ हजार ५ सय ६३ वटा राहदानी सिफारिस भएको कार्यालयले जनाएको छ । मकवानपुरबाट राहदानीको लागि निवेदन गएको ६ सय ९० राहदानी वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो