Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

गुरु पूर्णिमा मनाईदै

 हेटौंडाकै पुरानो माध्यमिक विद्यालय भुटनदेवी माविका २०३१ सालको एसएलसी व्याचका विद्यार्थीहरु भेला भई शिक्षकलाई सम्मान गरेका छन् ।
भुटनदेवी हाइस्कूल मैत्री समूह २०३१ को आयोजनामा भएको कार्यक्रममा शिक्षकलाई सम्मान गर्नुका साथै १० जना विद्यार्थीलाई वर्षभरको शूल्क छात्रवृत्ति स्वरुप वितरण समेत गरिएको थियो । समूहका १० जना सदस्यहरुले १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएका हुन् । समूहले छात्रबृत्तिको लागि अक्षयकोष समेत स्थापना गर्ने भएको छ । अक्षयकोष स्थापनाको लागि नवराज अर्यालले ५० हजार १ रुपैयाँ, हरि जोशीले ६ हजार र अर्जुन प्याकुरेलले ५ हजार रुपैयाँ हस्तान्तरण समेत गरेका छन् ।
यस्तै हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसका प्राध्यापकहरुलाई सम्मान गरेको छ । प्राध्यापकहरुलाई ढाकाटोपी र खादा ओढाएर मिठाई खुवाएका थिए । हेटौंडा–२ स्थित सिद्धार्थ माविका शिक्षकलाई विद्यार्थीले सम्मान गरेका छन् । मकवानपुरका विभिन्न स्थानमा खेलाडी, कलाकारहरुले आफ्ना गुरुलाई सम्मान गरेका छन् । गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागीले गुरुप्रतिको आस्था कमजोर हुँदै जानु र गुरु पनि जिम्मेवार नहुनु चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
More

रेडियो परिवार

More

नयाँ भिडियो