Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

न्यायिक समिति २ सय १ वटा उजुरी

जसमा सबैभन्दा बढि थाहा नगरपालिकामा ६० वटा र सबैभन्दा कम बकैया गाउँपालिकामा ४ वटा उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिकामा १८ वटा उजुरी परेको छ । यसैगरी भिमफेदीमा २५ वटा, ईन्द्रसरोवरमा १५ वटा, कैलाश गाउँपालिका २० वटा, मकवानपुरगढी गाउँपालिकामा ७ वटा, बागमति गाउँपालिका ७ वटा, राक्सिराङ गाउँपालिकामा ९ वटा, मनहरी गाउँपालिकामा ३६ उजुरीहरु परेका छन् । नेपालको संबिधान २०७२ को धारा २ सय १७ अनुसार स्थानीय तहमा तीन सदस्यीय न्यायिक समितिको गठन गर्ने व्यवस्था रहेको छ । त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा स्थानीय तहलाई २४ वटा मुद्दा हेर्ने अधिकार दिईएको छ । २४ वटा मुद्दा मध्ये न्यायिक समितिले १३ वटा बुँदाका विषयमा विवाद निरुपण गर्ने र ११ वटा बुँदाका विषयमा मेलमिलाप गराउन पाउने अधिकार रहेको छ । न्यायिक समिति गठन भएको एक वर्ष बितिसक्दा समेत मकवानपुरको स्थानीय तहरुमा न्यायिक ईजलासको व्यवस्थापन हुन नसक्दा भने न्याय सम्पादनमा समस्या देखिएको छ । १० वटा स्थानीय तह मध्ये सबैले एक वर्षको अवधि बितिसक्दा समेत न्यायिक ईजलास निर्माण गर्न नसक्दा स्थानीय तहलाई प्राप्त अधिकारको प्रयोग हुन सकेको छैन ।

More

रेडियो परिवार

More

नयाँ भिडियो