Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

बालिका बलात्कृत

बुधबार राती ११ बजेको समयमा बाटोमा हिँडीरहेकी १० वर्षिया बालिकाको संगमचोक एक घरको पेटीमा बलात्कार भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको स्थानीयलाई थाहा हुने वित्तिकै प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछपछि बालिकाले आफु माथी बलात्कार भएको बताएकी थिइन् । बलात्कारको आरोपमा हेटौंडा १८ बस्ने २५ वर्षीय बिक्रम बोगटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धि गुरुङले जानकारी दिनुभएको छ । बालिकाको प्रारम्भिक स्वास्थ्य परिक्षण अनुसार बलात्कार भएको प्रहरी उपरिक्षक गुरुङले जानकारी  दिनुभएको छ । वालिका अन्तरदृष्टि नेपालको संरक्षणमा रहेकी थिईन् । बालिका बुधबार हराएको भन्दै अन्तरदृष्टि नेपालले जिल्ला प्रहरी कार्यालयमा निवदेन समेत दिएका थिए । बलात्कृत भएकी उक्त बालिका सेफ हाउसमा राखिएको छ भने बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी जानकारी दिएको छ ।
 
More

रेडियो परिवार

More

नयाँ भिडियो