Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर

UP Next....

नमस्ते निकास

१०९८ घर निर्माण सम्पन्न

गत आर्थिक वर्षमा मकवानपुरमा ५ सय जनता आवास निर्माण सम्पन्न भएको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरले जनाएको छ । 
 
जनता आवास निर्माण कार्यक्रम हेटौंडा उपमहानगरपालिका र ४ वटा गाउँपालिकामा सञ्चालन भएको थियो । मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिकामा र हेटौंडा उपमहानगरपालिकामा हालसम्म १ हजारभन्दा बढि आवास निर्माण सम्पन्न भईसकेको केन्द्रका सामाजिक परिचालक खेम बहादुर चेपाङ जानकारी दिनुभयो । यस कार्यक्रममा मुख्यगरी चेपाङ समुदायलाई प्राथमिकतामा राखेर आवास निर्माण गरिएको उहाँले बताउनुभयो । जनता आवास निर्माणका लागि भवन प्रविधि तथा तालिम केन्द्र मकवानपुरले गत वर्ष १ घर बराबर ३ लाख २० हजार रुपैयाँ र शौचालय निर्माणका लागि १६ हजार रुपैयाँ गरी ३ लाख ३६ हजार रुपैयाँ प्रदान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
 
More

रेडियो परिवार

More

नयाँ भिडियो