Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

नयाँ ट्रयाक खुल्ने

वडाका ५ स्थानमा नयाँ ट्रयाकका लागि २३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै राप्तीपुलदेखी लालझाडीसम्म ६० लाख रुपैयाँ नगरस्तरीय बजेट छुट्याइएको वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभएको छ ।
वडा कार्यालयले भौतिक तथा पूर्वाधार विकासअन्तर्गत फुयाँलटोल–भट्टेघारी–धापखोला र स्कुलडाँडा–प्रतापटोल गरी २ स्थानको बाटो स्तरीकरणको लागि ६ लाख रुपैयाँ, सिमलको बोटदेखी ओमशान्तिपथसम्म, क्षेत्रीय मेडिकल स्टोर्स अगाडीको बाटो, रोपवे भवनभित्र तथा भैरवडाँडा–नकौली–घ्याङ्सिङटार बाटोमा नाली तथा कल्भर्ट निर्माण, मर्मत तथा ढक्कन राख्नको लागि ३४ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै चौकीटोल स्थित एनसेलको दक्षिणतर्फ ढलसहित बाटो निर्माणको लागि १० लाख रुपैयाँ, वनदेवी–शिखरकोट बाटो स्ल्याब ढलान तथा कल्भर्ट निर्माणको लागि ६ लाख ५० हजार रुपैयाँ र वडा कार्यालयको भवन स्तरीकरणको लागि ५ लाख रुपैयाँ छुट्याइएको छ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो